२०८३ भाद्र ७ आइतबार

भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री रावल

ई आर्थिक    आइतबार, भाद्र ७ २०८३
741
Shares
भूमिसम्बन्धी समस्या समाधानमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ : मन्त्री रावल

कञ्चनपुर ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधानका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताएकी छिन्।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले भूमिसम्बन्धी समस्या समाधान उच्च प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको स्पष्ट पार्दै प्रदेश र स्थानीय सरकारबाट सोहीअनुरूपको सहयोग हुनुपर्ने बताइन्।

मन्त्री रावलले भनिन्, ‘एउटा सरकारले सहयोग नगर्दा पूरै पालिकामा सुकुम्बासीको लालपुर्जा वितरण रोकिन सक्छ।’

उनले पालिकामा देखिएका समस्या समाधानका लागि नीतिगत सुधारका लागि छलफल भएको बताइन्। ‘पीडितका समस्याहरू समयमै जानकारीमा आएको भए अहिलेसम्म समाधानमा गइसकेको हुन्थ्यो’, उनले भनिन्, ‘पीडितका हकमा जुनुसुकै दलमा आस्था राख्ने भए पनि हामी एक ठाउँमा हुनुपर्छ।’

उनले पीडितको न्योयोचित सम्बोधन हुने कुरामा ढुक्क हुन आग्रह गरिन्। मन्त्री रावलले आज जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भूमि प्रशासन कार्यालय, नापी कार्यालयलगायत पालिकाका प्रमुखहरू भूमिसम्बन्धी समस्या समाधानका लागि छलफल गरेकी थिइन्।

उनले महेन्द्रनगरस्थित निर्माणाधीन अवस्थामा रहेको मझगाउँ विमानस्थल र दोधारा चाँदनीस्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गरेकी छिन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij