२०८३ भाद्र ६ शनिबार

राष्ट्रियसभामा निदाएको महावीर पुनको भिडियो भाइरल, भने- “अझै भाइरल बनाइदिनु भात खाने पैसा आउँछ।”

ई आर्थिक    शनिबार, भाद्र ६ २०८३
266
Shares
राष्ट्रियसभामा निदाएको महावीर पुनको भिडियो भाइरल, भने- “अझै भाइरल बनाइदिनु भात खाने पैसा आउँछ।”

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले राष्ट्रियसभा बैठकका क्रममा आफू निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि असन्तुष्टि जनाएका छन्।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकका क्रममा उनी केहीबेर निदाएको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। उक्त भिडियोप्रति असन्तुष्टि जनाउँदै पुनले आफ्नो फेसबुकमार्फत व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।

पुनले सार्वजनिक गरेको भिडियोमा उनी ओछ्यानमा सुत्न लागेको देखिन्छ। भिडियोमार्फत उनले राष्ट्रियसभामा आँखा झिमिक्क भएको दृश्यको स्क्रिनसटबाट समेत सामाजिक सञ्जालमा आम्दानी भएको उल्लेख गर्दै त्यसलाई व्यङ्ग्य गरेका छन्।

उनले भनेका छन्, “हिजो राष्ट्रियसभाको हलमा आँखा झिमिक्क भएको भिडियोको स्क्रिनसटको फोटो हाल्दा १० घण्टामा २४ लाख भ्यु भएछ र १३६ डलर कमाइ भएछ।”

त्यसपछि उनले आफू साँच्चिकै ओछ्यानमा सुतेको भिडियो पनि धेरैभन्दा धेरैले हेरेर कमेन्ट गरिदिन आग्रह गरेका छन्। व्यङ्ग्यात्मक रूपमा उनले भनेका छन्, “भात खाने पैसा आउँछ।”

पुनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा भाइरल सामग्रीप्रति उनको असन्तुष्टि र त्यसलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij