२०८३ भाद्र ५ शुक्रबार

सिद्धार्थ बैंकद्वारा कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने सेवा सञ्चालनमा

ई आर्थिक    शुक्रबार, भाद्र ५ २०८३
266
Shares
सिद्धार्थ बैंकद्वारा कर्पोरेट खाता अनलाइनमार्फत खोल्न सकिने सेवा सञ्चालनमा

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकहरूले अनलाइनबाटै खाता खोल्न सक्नेछन् ।

ग्राहकको समय र प्रक्रियागत झन्झटलाई न्यूनीकरण गर्दै बैंकिङ सेवालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको हो । अनलाइन प्रणालीमार्फत आवश्यक विवरण तथा कागजात पेश गरी व्यवसायिक तथा कर्पोरेट खाता खोल्ने प्रक्रियालाई डिजिटल माध्यमबाट अगाडि बढाउन सकिनेछ । खाता सक्रियताका लागि आवश्यक प्रमाणीकरण तथा प्रक्रिया पूरा गर्न भने ग्राहकले सक्कली कागजपत्रका साथ आफ्नो नजिकको शाखामा एकपटक भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।

यस सेवाले व्यवसाय तथा संस्थागत ग्राहकलाई खाता खोल्ने प्रक्रियामा थप सुविधा प्रदान गर्नुका साथै बैंकिङ सेवामा डिजिटल पहुँच विस्तार गर्न सहयोग गर्ने बैंकले विश्वास लिएको छ ।

यस सेवाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, …सिद्धार्थ केयरÚ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij