२०८३ भाद्र ३ बुधबार

रास्वपा संसदीय दलको बैठक सुरु 

ई आर्थिक    बुधबार, भाद्र ३ २०८३
95
Shares
रास्वपा संसदीय दलको बैठक सुरु 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक काठमाडौंमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने, मन्त्री तथा सांसदहरूको उपस्थितिमा बैठक जारी छ।

संसदीय दलका नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह भने बैठकमा अनुपस्थित छन्।

बैठकमा पछिल्लो समय सांसदहरूबाट भएका गतिविधिको समीक्षा, संसद्मा पार्टीको भूमिका तथा सरकारका कामकारबाहीबारे छलफल हुने बताइएको छ।

त्यसैगरी, रास्वपाको आगामी संसदीय रणनीति, सांसदहरूको जिम्मेवारी र भूमिकाका साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

प्रधानमन्त्री शाहको अनुपस्थितिलाई समेत चासोका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij