२०८३ साउन २९ शुक्रबार

यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन

ई आर्थिक    बिहिबार, साउन २८ २०८३
608
Shares
यातायात व्यवस्था कार्यालय धनगढीद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा जम्मा ७७ करोड ५१ लाख २९ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।

उक्त कार्यालयका प्रमुख भुवन जोशीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ तुलनामा त्यो रकम एक करोड ९५ लाख दुई हजार ३६५ रूपैयाँले बढी हो। त्यस कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वका विभिन्न शीर्षकबाट ७५ करोड ५६ लाख २७ हजार ३५५ रूपैयाँ राजस्व संकलन गरेको थियो।

संकलित राजस्वमध्ये सबैभन्दा बढी सवारीसाधन करबाट ५९ करोड ३७ लाख १४ हजार ३८० रूपैयाँ र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट एक हजार चारसय रूपैयाँ संकलन भएको छ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट १६ करोड ५५ लाख ८९ हजार ७४५ रूपैयाँ, यातायात क्षेत्रको आम्दानी (लगतकट्टा, प्रदूषण, रुट इजाजत)बाट एक करोड ४१ लाख १३ हजार ८३५ रूपैयाँ र व्यवसाय रजिष्ट्रर दस्तुरबाट १६ लाख ७८ हजार २२० रूपैयाँ रकम संकलन भएको छ।

कार्यालयको बिमादाबी प्राप्ति ३२ हजार १४० रूपैयाँ रहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij