काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि आफ्नो केन्द्रीय कार्यालय ‘घण्टीघर’मा ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ।
नागरिकका गुनासा, समस्या तथा अमूल्य सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने र ती समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत आज रास्वपाका केन्द्रीय सदस्य अंकित कुमार यादव र प्रतिनिधिसभा सदस्य डा. अंकिता ठाकुरको उपस्थितिमा नागरिकका गुनासा तथा सुझावहरू सुन्ने कार्यक्रम भइरहेको छ।
रास्वपाले नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या तथा सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ।