२०८३ साउन २१ बिहिबार

ज्योति विकास बैंकले ‘एनसिएचएल–इएफटी कार्ड सर्भिसेस्’मार्फत नेपालपे कार्ड सञ्चालन गर्ने

ई आर्थिक    बिहिबार, साउन २१ २०८३
190
Shares
ज्योति विकास बैंकले ‘एनसिएचएल–इएफटी कार्ड सर्भिसेस्’मार्फत नेपालपे कार्ड सञ्चालन गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसिएचएलबिच इएफटी कार्ड स्विचमार्फत नेपालपे कार्डको भुक्तानी सञ्चालन गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान–प्रदान गरिएको हो।

एनसिएचएलको इएफटी स्विच नेसनल कार्ड स्विच (एनपिएस–एनसिएस)सँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौतापश्चात् बैंकले आफ्नो ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ। साथै डिस्कभर नेटवर्कअन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू र रुपे कार्डसमेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरू प्रोसेस गर्न सक्नेछन्।

एनसिएचएलले हालै नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेपश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटिएम र पिओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ।

एनसिएचएलको इएफटी सर्भिसेस् मार्फत हाल ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किमहरू प्रोसेस गर्दै आइरहेका छन्। हालै इएफटी र नेसनल पेमेन्ट स्विचबिचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको छ। इएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यु गर्ने तयारी गरिरहेका छन्।

हालसम्म नेपालपेमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भई रोलआउटको विभिन्न चरणमा छन्। आठवटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यु गर्न सुरु गरिसकेका छन् भने ११ भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ सुरु गरिसकेका छन् भने यो क्रम बढ्दो छ।

नेपालका अग्रणी बैंकहरूमध्ये ज्योति विकास बैंकले १० लाखभन्दा बढी ग्राहक वर्गलाई विविध सेवा तथा सुविधा प्रदान गर्दै आएको छ। पछिल्लो समय बैंक डिजिटलाइजेसनतर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रूपमा रुपान्तरण गर्दै आइरहेको छ।

देशभर बलियो उपस्थितिसँगै बैंकले आफ्नो १२१ शाखा, २ एक्सटेन्सन काउन्टर तथा ७५ वटा एटिएमहरूमार्फत सेवाको पहुँच विस्तार गर्दै कार्ड प्रयोगकर्ताको आधार पनि क्रमशः बढाउँदै लगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij