२०८३ साउन ८ शुक्रबार

कोलकाताबाट पहिलो सिधा कार्गो रेल विराटनगर आइपुग्यो, पूर्वी उद्योगलाई ठूलो राहत

ई आर्थिक    सोमबार, साउन ४ २०८३
532
Shares
कोलकाताबाट पहिलो सिधा कार्गो रेल विराटनगर आइपुग्यो, पूर्वी उद्योगलाई ठूलो राहत

काठमाडौं ।  भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै छुटेको कार्गो रेल सोमबार दिउँसो विराटनगर १८ स्थित नेपाल कस्टम यार्डमा आइपुगेको छ।

नेपाल-भारत पारवहन सम्झौताअन्तर्गत पूर्वी नेपालका उद्योगीहरूलाई लक्षित गरी यो ऐतिहासिक व्यावसायिक रेल कार्गो सेवा सुरु गरिएको हो।

तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ क्यानोला बोकेर आएको यो रेल जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुगेको भन्सार कार्यालयले जनाएको छ।

पहिलो ढुवानीमा स्वस्तिक आयल इन्डस्ट्रिजका लागि ल्याइएका ४० फिटका ४० वटा उच्च क्षमताका कन्टेनरहरू रहेका छन्। सुरक्षित ढुवानी र भन्सार निगरानीलाई प्रभावकारी बनाउन सबै कन्टेनरहरूमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ECTS) जडान गरिएको छ। यसअघि तेस्रो मुलुकबाट आउने रेल कार्गो सुविधा वीरगञ्ज नाकामा मात्र सीमित रहेकाले पूर्वी नेपालका उद्योगीहरू सडक मार्गमा निर्भर हुनुपर्ने बाध्यता थियो।

यो सेवा सुरु भएसँगै कोलकाताबाट हिँडेको करिब २४ घण्टाभित्रै कार्गो विराटनगर आइपुग्ने भएकाले समयको ठूलो बचत हुनेछ। सडक मार्गको तुलनामा रेलमार्फत ढुवानी गर्दा लागत करिब ४० प्रतिशतसम्म घट्ने र बन्दरगाहमा नेपाली आयातकर्ताले बेहोर्नुपर्ने विलम्ब शुल्क तथा कन्टेनर डिटेन्सन चार्जबाट समेत मुक्ति मिल्ने व्यवसायीहरूले बताएका छन्।

यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म कन्टेनर नियमित रूपमा व्यावसायिक ढुवानी गर्न सकिने बाटो खुलेको छ, जसले पूर्वी नेपालको औद्योगिक कोरिडोरको प्रतिस्पर्धात्मक क्षमतालाई थप बलियो बनाउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij