२०८३ असोज २ शुक्रबार

राजविराज-भारदह सडक अलपत्र

ई आर्थिक    बिहिबार, असार १८ २०८३
1.5K
Shares
राजविराज-भारदह सडक अलपत्र

राजविराज।  राजविराज-भारदह सडक निर्माण अलपत्र परेको छ।

उक्त सडक निर्माणको जिम्मा लिएको शाह इन्जिनियरिङ कन्स्ट्रक्सनले निर्माण पूरा नगरिदिएकाले सडक अलपत्र परेका हो।

निर्माण कार्य पूरा नभएपछि अलपत्र पारिएको सो सडकबाट निस्कने धुलो र दैनिक सञ्चालन हुने सार्वजनिक यातायातले छोड्ने धुवाँका कारण स्थानीयले दैनिक हैरानी खेप्नुपरेको छ।

झलहीदेखि हनुमाननगर कङ्कालिनी नगरपालिकाको इनर्वासम्मको आठ किलोमिटर सडक ठेकेदारले भताभुङ्ग छोडिदिएका कारण धुलोबाट सर्वसाधारण हैरानी भएका हुन्।

सडक डिभिजन कार्यालय लहानमार्फत २२ करोड ५३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको उक्त सडक निर्माणको म्याद पटकपटक थपिँदै आएको छ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij