२०८३ साउन ११ सोमबार

इन्द्रप्रस्थ अपोलो अस्पताल र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता

ई आर्थिक    बुधबार, जेष्ठ २७ २०८३
1.3K
Shares
इन्द्रप्रस्थ अपोलो अस्पताल र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं ।  इन्द्रप्रस्थ अपोलो अस्पताल, नयाँ दिल्ली (भारत) र काठमाडौं महानगरपालिका–११, बबरमहलस्थित प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकहरूले अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

भर्ना भएका बिरामीहरूले औषधि तथा उपभोग्य सामग्रीबाहेकका सेवामा १० प्रतिशत छुट पाउनेछन् भने बाह्य उपचार गराउने बिरामीहरूले औषधि र परामर्श शुल्कबाहेकका सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो अस्पतालका उप–प्रबन्धक विपिन शर्मा र प्रभु बैंकका मुख्य बजार व्यवस्थापन अधिकृत दीपेन्द्र बाबु विष्टले हस्ताक्षर गरेका छन्।

यो सम्झौता २८ मे २०२६ देखि लागू भई मे २०२८ सम्म कायम रहनेछ।

प्रभु बैंकले देशभर रहेका ३०० शाखा कार्यालय, २६२ स्वचालित नगद यन्त्र (एटीएम) तथा ६६ विस्तारित सेवा काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij