काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै ५ हजार २ सय ३० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यसअघि बिहीबार सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ र चाँदी ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ तथा चाँदी ५ हजार ३ सय ७० रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारको मूल्य तथा विनिमय दरमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुँदै आएको छ।