२०८३ भाद्र २७ शनिबार

चालु आवको १० महिनामा ८८ अर्ब २२ करोड बराबरको वस्तु तथा सामान निर्यात

ई आर्थिक    शुक्रबार, जेष्ठ १५ २०८३
1.8K
Shares
चालु आवको १० महिनामा ८८ अर्ब २२ करोड बराबरको वस्तु तथा सामान निर्यात

वीरगञ्ज। चालु आर्थिक वर्षको प्रथम १० महिनामा ८८ अर्ब २२ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन् ।

गत आवको सोही अवधिमा ८३ अर्ब २५ करोड रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

चालु आवको १० महिनामा ४८ अर्ब ११ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल, पाँच अर्ब ३५ करोड रुपैयाँको प्रशोधित सूर्यमुखी तेल तथा छ अर्ब ४२ करोड रुपैयाँ बराबरको फलफूलको रस निर्यात भएको छ ।

यसैगरी, तीन अर्ब तीन करोड रुपैयाँका कपडा तथा दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ‘सिन्थेटिक यार्न’ निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij