जनही २ लाख जरिवाना
काठमाडौं । नेपाल बीमा प्राधिकरण ले ६ वटा निर्जीवन बीमा कम्पनीलाई नियामकीय मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो।
कारबाहीमा पर्ने कम्पनीहरूमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स रहेका छन्।
प्राधिकरणका अनुसार बीमालेख जारी गर्ने क्रममा अनियमितता भएको तथा निर्धारित मापदण्डभन्दा कम दरमा बीमा लेख जारी गरिएको पाइएपछि ती कम्पनीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको हो।
फास्ट ट्र्याक सम्बन्धी पीआईमा तोकिएको मापदण्ड विपरीत काम गर्नुका साथै स्वेच्छाचारी रूपमा बीमालेख रद्द गरेको आरोपमा प्राधिकरणले उक्त कारबाही गरेको जनाएको छ।