२०८३ भाद्र २७ शनिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

ई आर्थिक    बुधबार, जेष्ठ ६ २०८३
1.3K
Shares
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार ३०० रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला दुई लाख ९२ हजार रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला पाँच हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक सय २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९६० रुपैयाँमा कारोबार हुने गरी निर्धारण गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij