काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छ्न् ।
सभामुख डोल प्रसाद आर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका हुन् ।
राष्ट्रपतिको कार्यालयद्वारा मंगलबार जारी विज्ञप्तिअनुसारसभामुख डोल प्रसाद अर्यालको २०८३ वैशाख २८ गतेको सिफारिसमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभाको सचिव पदबाट हटाइएको हो।