काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले एकसाथ विभिन्न देशका राजदूतसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शाहले र काठमाडौंस्थित डेढ दर्जनभन्दा बढी कूटनीतिक नियोगका प्रमुखहरूबीचको सामूहिक भेटवार्ता गरेका हुन् ।
भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो ।
प्रधानमन्त्री कार्यालयका अनुसार विभिन्न देशका राजदूतहरूसँग द्विपक्षीय सम्बन्ध, कूटनीतिक सहकार्य तथा आपसी हितका विषयमा छलफल हुने भएको जनाएको छ ।
भेटघाटमा पोर्चुगल, चीन, इजरायल, कोरिया, पाकिस्तान तथा भारतका राजदूतहरू प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए। अन्य देशका राजदूतहरूसँग पनि क्रमशः भेटवार्ता हुने जनाइएको छ।
भेटवार्तामा प्रधानमन्त्री शाहले नेपालको पछिल्लो अवस्थाबारे विभिन्न देशका राजदूतहरुलाई जानकारी गराएका थिए
सरकारले कूटनीतिक सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्ने उद्देश्यले यस्तो सामूहिक भेटवार्ता आयोजना गरेको बताइएको छ।