२०८३ भाद्र ३० मंगलबार

नेपाली नागरिकले अब निजी जहाज किन्न सक्ने, विमानस्थल पनि निजी

ई आर्थिक    आइतबार, साउन २२ २०७४
5.1K
Shares
नेपाली नागरिकले अब निजी जहाज किन्न सक्ने, विमानस्थल पनि निजी

२२ साउन, काठमाडौँ  । नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ ।

नेपालको विद्यमान कानुनमा निजी प्रयोजनका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रावधान रहे पनि यसलाई संशोधन गर्दै खुकुलो व्यवस्था गर्न लागिएको हो ।

यसबाट नेपालका धनाड्य तथा शौखिन व्यक्तिहरुका लागि निजी जहाज खरिद गर्ने बाटो खुल्नेछ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ल्याउन लागेको हवाई उद्योग व्यवस्थापन नियमावलीमा निजी जेट राख्न पाउने व्यवस्था गरिएको छ ।

सरकारले निजी विमानस्थलको निर्माणको समेत बाटो खुला गर्ने तयारी गरेको छ । आजको कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij