२०८३ भाद्र २७ शनिबार

सन नेपाल लाइफका सीईओ अर्याल पक्राउ, सेयरसम्बन्धी ठगी र किर्ते विवरणको आरोप

ई आर्थिक    सोमबार, चैत्र १६ २०८२
2.6K
Shares
सन नेपाल लाइफका सीईओ अर्याल पक्राउ, सेयरसम्बन्धी ठगी र किर्ते विवरणको आरोप

काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

सन नेपाल लाइफ इन्स्योरेन्सका सीईओ अर्याललाई सेयरसम्बन्धी ठगी र किर्ते विवरणको आरोपमा सीआईबीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानमा कम्पनीले कर्मचारीका लागि छुट्याइएको सेयरमा असमान विवरण पेश गरेको र अर्यालले आफूलाई बढी सेयर राखेको आशंका देखिएको छ।

धितोपत्र ऐन, २०६३ विपरीत भएको भन्दै काठमाडौं जिल्ला अदालतको अनुमति लिएर उनलाई पुतलीसडकबाट नियन्त्रणमा लिइएको छ। अनुसन्धान जारी छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij