२०८३ भाद्र ३० मंगलबार

संसदीय राजनीतिबाट लिए सी. के. राउतले सन्यास, संघर्षको राजनीति जारी राख्ने

ई आर्थिक    सोमबार, चैत्र २ २०८२
1.9K
Shares
संसदीय राजनीतिबाट लिए सी. के. राउतले सन्यास, संघर्षको राजनीति जारी राख्ने

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले संसदीय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पदको राजनीतिबाट पछि हट्ने तर जनताको पक्षमा संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्।

राउतले पार्टीलाई आवश्यक परेसम्म नेतृत्व गर्दै आफ्नो राजनीतिक अभियान अगाडि बढाउने उल्लेख गरेका छन्।

‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने। पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

साथै उनले आफू संसदीय पदको राजनीतिबाट टाढा रहने भए पनि राजनीतिबाट भने अलग नभएको स्पष्ट पारेका छन्।

‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु, तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन,’ उनले उल्लेख गरेका छन्।

उनले राजनीति र जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु,’ राउतले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij