२०८३ भाद्र ३० मंगलबार

चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, औसत दरमा कमी

ई आर्थिक    आइतबार, चैत्र १ २०८२
2.1K
Shares
चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, औसत दरमा कमी

काठमाडाैं।  वाणिज्य बैंकहरूले चैत महिनाका लागि मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको दर अनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर फागुन महिनाको तुलनामा सामान्य रूपमा घटेको देखिएको छ।

फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.५६ प्रतिशत विन्दु रहेकोमा चैतमा ०.०७ प्रतिशत विन्दुले घटेर ४.४९ प्रतिशतमा झरेको छ। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केही बैंकहरूले ब्याजदर घटाएपछि समग्र औसत दरमा कमी देखिएको हो।

यस महिनामा ब्याजदर समायोजन गर्ने बैंकहरूमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कृषि विकास बैंक रहेका छन्। यी बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर अघिल्लो महिनाको तुलनामा केही घटाएका हुन्।

नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिने ब्याजदर ५.१ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरेको छ। ग्लोबल आइएमई बैंकले ४.७५ प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत निर्धारण गरेको छ भने कुमारी बैंकले ४.४३ प्रतिशतबाट ४.१२ प्रतिशतमा झारेको छ। त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.२५ प्रतिशतबाट ४.११ प्रतिशत कायम गरेको छ। कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकले पनि आफ्नो दर ४.२५ प्रतिशतबाट घटाएर ४.१५ प्रतिशतमा ल्याएका छन्।

यता बाँकी बैंकहरूले भने फागुन महिनामा कायम रहेको ब्याजदरलाई नै निरन्तरता दिएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ५ प्रतिशत ब्याजदर दिने बैंकहरूमा हिमालयन बैंक, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन्।

त्यस्तै नबिल बैंक र प्रभु बैंकले ४.५५ प्रतिशत ब्याजदरलाई यथावत राखेका छन्। माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सानीमा बैंक, लक्ष्मी सनराइज बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

यसैगरी नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ४.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरूले औसत अधिकतम ब्याजदरमा ०.०३ प्रतिशत विन्दुको कमी गरेका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij