२०८३ भाद्र ३० मंगलबार

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले निर्वाचनमा गरे २६ लाख ९० हजार खर्च

ई आर्थिक    शुक्रबार, फाल्गुन २९ २०८२
2.7K
Shares
रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले निर्वाचनमा गरे २६ लाख ९० हजार खर्च

तनहुँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले  आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्।

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले  स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार खर्च विवरण पेस गरेका हुन्।

तनहुँ  स्थित जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको विवरणअनुसार वाग्लेले निर्वाचन अवधिमा कुल २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

खर्च विवरणमा मनोनयन दर्ता शुल्क १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ, प्रचार–प्रसार सामग्री खरिद तथा प्रिन्टमा ६ लाख ५० हजार २९८ रुपैयाँ र विद्युतीय प्रचार–प्रसारमा ३ लाख ४८ हजार ४६४ रुपैयाँ खर्च भएको जनाइएको छ।

यस्तै कार्यालय सञ्चालनका लागि ४२ वडामा ४ लाख २० हजार रुपैयाँ, ६९ मतदान केन्द्रमा बुथ प्रतिनिधि परिचालनका लागि ३ लाख १९ हजार ३०० रुपैयाँ तथा १५ दिनका लागि सवारी साधन तथा इन्धनमा ४ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यसैगरी खाना, खाजा तथा अस्थायी बसोबासमा ३ लाख ४८ हजार ९०० रुपैयाँ र विविध शीर्षकमा १ लाख ४० हजार ७९२ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij