चितवन । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. चितवन ३ बाट निर्वाचित सोविता गौतमले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेकी छन्।
गौतमले निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता अनुसार आफ्नो सम्पूर्ण खर्चको विवरण आयोगमा पेश गरेकी हुन्।
सार्वजनिक विवरण अनुसार, मनोनयन दर्तासँग सम्बन्धित खर्च ५,००० रुपैयाँ रहेको छ। प्रचार–प्रसार सामग्रीमा ३,१७,४०० रुपैयाँ, मतदाता प्रशिक्षणमा १ दिनका लागि ३०,००० रुपैयाँ, नमुना मतपत्र तथा घोषणा पत्र छपाईमा ७४,२०० रुपैयाँ खर्च भएको छ।
वडा स्तरीय प्रचार–प्रसार (२८ वटै वडामा) मा १,००,००० रुपैयाँ, सवारी साधन भाडा ३,२५,००० रुपैयाँ, सचिवालयको स्टेशनरीमा २३,४४५ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।खाध्यन्न रासन तथा पानीमा १ लाख १८ हजार खर्च भएको छ ।
उम्मेदवार गौतमले कुल ९लाख ९३,००० रुपैयाँ निर्वाचन खर्च भएको जानकारी दिइन्।
उक्त खर्च विवरण निर्वाचन आयोगमा पेश भइसकेको र सबै सार्वजनिक दस्तावेजमा उपलब्ध रहेको छ।