ई–आर्थिक, काठमाडौं । उदयपुर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारश मणि गेलालले दोब्बर मतले अग्रता लिएका छन् । रास्वपाका गेलालले २४२७ मत ल्याएका छन् ।
उनलाई श्रम संस्कृति पार्टीका राजेशकुमार राईले पछ्याई रहेका छन् । राईले ११६३ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका दुर्गाकुमार थापा (स्वस्ती) ले १०६८ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका बलदेब चौधरीले ९०१ मत ल्याएका छन् । त्यसैगरी नेपाली काँग्रेसका विदुर बस्नेतले ८०५ ल्याएका छन् ।
त्यस्तै राप्रपाका सुबासचन्द्र खड्काले ८५, जनता समाजबादी पार्टीका गणेश कुमार राईले ८४, उज्यालो पार्टी नेपालका अर्जुन तामाङले ६१ र स्वतन्त्र उम्मेद्वार देवराज रोका (कल्याण)ले १५ मत ल्याएका छन् ।
निर्वाचन क्षेत्र नं १ मा कुल १ लाख ४३ हजार ८०४ मतदाता मध्ये ७९ हजार ९५६ मत खसेको छ। यसमध्ये ४२ हजार ६७२ महिला, ३७ हजार २८२ पुरुष र २ अन्य मतदाता सहभागी भएका छन् । सो क्षेत्रमा करिब ५६ प्रतिशत मतदान भएको छ।