२०८३ भाद्र ३० मंगलबार

काठमाडौं–४ मा पुकार बम मतान्तर बढाउँदै

ई आर्थिक    शुक्रबार, फाल्गुन २२ २०८२
1.8K
Shares
काठमाडौं–४ मा पुकार बम मतान्तर बढाउँदै

काठमाडौं ।  प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले मतान्तर फराकिलो बनाउँदै अग्रता कायम राखेका छन्।

हालसम्मको मतगणना परिणाम अनुसार पुकार बमले ६ हजार २८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी सचिन तिमल्सेनाले १ हजार ९०७ मत पाएका छन्।

त्यसैगरी राजन भट्टराईले १ हजार ४७९ मत प्राप्त गरेका छन् भने सुरेन्द्रराज भण्डारीले ३६४ मत पाएका छन्। झनक अधिकारीले २६८ मत प्राप्त गर्दा इन्द्र भुषालले १४४ मत पाएका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij