२०८३ भाद्र ३१ बुधबार

बालिका मृत्यु प्रकरणलाई गम्भीर रूपमा लिँदै रास्वपाद्वारा छानबिनमा पूर्ण सहयोगको घोषणा

ई आर्थिक    शुक्रबार, माघ २३ २०८२
2.4K
Shares
बालिका मृत्यु प्रकरणलाई गम्भीर रूपमा लिँदै रास्वपाद्वारा छानबिनमा पूर्ण सहयोगको घोषणा

रौतहट । रास्वपाको  चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट रौतहटमा ४ वर्षीया बालिकाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा घटनाको वस्तुनिष्ठ र निष्पक्ष छानबिन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कानुनी प्रक्रिया अघि बढाएर पीडित परिवारलाई न्याय दिलाउन पार्टी दृढ रहेको बतायो ।

रास्वपाले यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। पार्टीका तर्फबाट पीडित परिवारलाई आवश्यक राहत र सहयोगका लागि पहल भइरहेको जानकारी पनि विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, पार्टीले आगामी दिनमा चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा थप सतर्कता अपनाउन पार्टीपंक्ति, उम्मेदवार तथा चालकहरूलाई कडा निर्देशन दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij