२०८३ भाद्र २७ शनिबार

बनस्थली-बानेश्वर-काँडाघारी रुटमा ‘जुपीटर’को सेवा, नेपाल यातायातको सास्तिबाट भरपर्दो अर्को विकल्प

ई आर्थिक    शुक्रबार, माघ १४ २०७३
5.3K
Shares
बनस्थली-बानेश्वर-काँडाघारी रुटमा ‘जुपीटर’को सेवा, नेपाल यातायातको सास्तिबाट भरपर्दो अर्को विकल्प

१३ माघ, काठमाडौँ । आजदेखि बनस्थली-बानेश्वर-काँडाघारी रुटमा सिटी मेट्रो कम्पनीले १५ वटा ‘जुपीटर’ बसको सेवा सुरु गरेको छ ।

सिटी मेट्रो कम्पनीका यी ठूला बसहरु वनस्थलीबाट छुटेर नारायणगोपाल चोक पुग्नेछन् र त्यहाँबाट बालुवाटार, पुतलीसडक, माइतिघर, बानेश्वर, कोटेश्वर, पेप्सीकोला हुँदै काँडाघारीसम्म पुग्नेछन् ।

कम्पनीका अध्यक्ष हेमेन्द्र शेरचनले बनस्थलीबाट बानेश्वर आउनेहरुलाई दुईवटा बस फेर्नुपर्ने झण्झट र दोहोरो खर्च बेहोर्नुपर्ने बाध्यता अब नहुने बताउनुभयो ।

सिटी मेट्रो कम्पनीका यी बसहरु अपांगमैत्री छन् जसलाई ‘जुपिटर’ नाम दिइएको छ । साझापछि निजी क्षेत्रबाट पहिलोपटक काठमाडौंमा अपांगमैत्री यात्रु बस चलाउने यो पहिलो कम्पनी हो ।

city-metro-jupiter-bus-2

यी ठूला बसहरुलाई नेपाल यातायातको भरपर्दो, सजिलो र स्तरीय विकल्पको रुपमा लिइएको छ । यी ठूला बसले काठमाडौंका सडकबाट साना सवारी साधन विस्थापन गर्ने सरकारको योजनालाई सहयोग गर्ने विश्वास गरिएको छ ।

सबै बसहरु टाटा इण्डिया कम्पनीका हुन् । यी बसहरु ४० सिट क्षमताका छन् । बस हेर्दा आकर्षक मात्रै छैनन्, चढ्न पनि आरामदायी छन् । उभिने यात्रुका लागि ह्यांगर छन् भने पर्याप्त ‘स्पेश’ का कारण उँभिनेलाई पनि सास्ती कम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij