२०८३ भाद्र ३० मंगलबार

काठमाडौं क्षेत्र नं. ३ का रास्वपा उम्मेद्वार राजु पाण्डे मतदाताका समस्या बुझ्दै  घरदैलोमा

ई आर्थिक    बिहिबार, माघ २२ २०८२
2.9K
Shares
काठमाडौं क्षेत्र नं. ३ का रास्वपा उम्मेद्वार राजु पाण्डे मतदाताका समस्या बुझ्दै  घरदैलोमा

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेद्वार बनेको राजुनाथ पाण्डे यतिबेला मतदाताको घरदैलोमा अभियानमा व्यवस्थ रहेका छन् ।

उक्त क्षेत्रका स्थानीय मतदाताका घरदैलोमा पुगेर उनले स्थानीय समस्याका बारेमा साक्षात्कार गरिरहेका छन् । योसँगै उनले मुलुक परिवर्तनको दिशामा अगाडी बढिरहेको र मुलुक परिवर्तनको लागि आफूलाई भोट दिन समेत आग्रह गरिरहेका छन् ।

यसक्रममा उनले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न ठाउँहरुमा घर दैलो गरिसकेका छन् भने केही स्थानमा उनी घरदैलो गरिरहेका छन् ।

पहिचान भएका स्थानीय मतदाताका समस्यालाई आफू र आफ्नो पार्टीले गम्भीर रुपमा लिएर त्यसलाई समाधान गर्न तत्परता देखाउने बताए ।

घरदैलोको क्रममा मतदाताले जितको अग्रीम शुभकामना दिंदै उनीलगायत बालेन, रविलाई आफूहरुले राम्रो रुपमा चिन्ने गरेको बताएका छन् ।

उनले युवा पुस्ताको प्रतिनिधित्व गर्दै पुराना दलबाट असन्तुष्ट मतदाताको घरमा पुग्दै मुलुकलाई नयाँ दिशा दिन नयाँ नेतृत्वको आवश्यकता औंल्याइरहेका छन् ।

काठमाडौं महानगरपालिकाका तत्कालिन महानगर बल प्रमुख पाण्डे एक चर्चित अनुहार हो । मुलुकको परिस्थिति बिग्रिदै गएपछि त्यसलाई सुधार गर्न उनी जागीर छाडेरै जोखिम मोलेर चुनाबी मैदानमा छन् ।

9302cf4f-5034-449a-9d8e-9b73896e4a1b.jfif

देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको उनी बताउँदै आएका छन् ।

उनी भन्छन्– ‘म एउटा सामान्य सुरक्षाकर्मी थिए । तर, जब मुलुकको परिस्थिति बिग्रिदै गयो त्यसलाई सुधार गर्न मैले केही जोखिम मोल्नुपर्ने अवस्था सिर्जना भयो । मैले मैदानबाट भाग्नु भन्दा परिस्थितिको सामना गर्न तयार भए । जुन मेरो पहिचान थियो इतिहासले दिएको जिम्मेवारी र कर्तव्यलाई कुशलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी राख्ने छैन।’

घरदैलोको क्रममा उनले जनताले देशमा इमान्दारपूर्वक नियम र कानूनभित्र बसेर राज्यको लागि काम गर्ने र चिल्ला कुरा गरेर जनतालाई ढाँट्नेहरुबीच भिन्नता छुट्याउने बेला आएको बताएका छन् ।

यसक्रममा उनले भने, ‘देशमा जसले इमान्दारपूर्वक काम गर्न चाहन्छ, नियम, कानूनभित्र बसेर राज्यको लागि काम गर्न चाहन्छ त्यो मान्छे राम्रो हो की चिल्ला कुरा गरेर जनतालाई ढाट्नेहरु राम्रो हो ? यस्तो कुरा जनताको बुझ्न जरुरी छ। देशमा लामो समयदेखि कुशासन भयो भनेर जेनजीहरुले आन्दोलन गरेर केही घण्टामै यहाँका शासकहरु भाग्न बाध्य भएका थिए । त्यो दिन हेक्का राख्न जरुरी छ । ती जेनजीहरुको रगतले तीनलाई कहिले शान्ति दिने छैन ।’

कुशासन र लामो समयदेखि जनतालाई झुक्काउने, ती पुराना र स्थापित भनिएका राजनीतिक दलहरुलाई जनताले मूल्यांकन गर्ने बेला आएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij