२०८३ साउन १२ मंगलबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने तीन जना पक्राउ

ई आर्थिक    बुधबार, माघ १४ २०८२
1.8K
Shares
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने तीन जना पक्राउ

ई- आर्थिक, काठमाडौं। नेपाल प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २७ लाख ८० हजार  ठगी गर्ने तीन जना पक्राउ छ ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका-३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।

पक्राउ मध्ये कृष्णजीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ, अनिलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ र विवेकले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णजीलाई काठमाडौं तारकेश्वर नगरपालिका-२ बाट र अनिललाई काठमाडौं महानगरपलिका-३१ बाट सोमबार तथा विवेकलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij