२०८३ भाद्र ३० मंगलबार

प्राइम कमर्सियल बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनस सेयर पारित

ई आर्थिक    बुधबार, पौस ३० २०८२
3.2K
Shares
प्राइम कमर्सियल बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनस सेयर पारित

सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक पदका लागि वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ

ई-आर्थिक, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर तथा बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव स्वीकृत गरेको हो ।

त्यसैगरी, सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक पदका लागि वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा. विष्ट यसअघि पनि बैंकको सञ्चालकको जिम्मेवारी सम्हालिसक्नुभएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले शेयरधनीहरुको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले बैंकले विगतझैं आगामी दिनमा पनि सेवा तथा शाखा सञ्जाल विस्तार गर्दै शेयरधनीहरुलाई यथोचित र समयसापेक्ष प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकिङ सेवा अझ आधुनिक, सरल र प्रभावकारी बनाइने उहाँको भनाइ थियो ।

प्राइम कमर्सियल बैंकले प्रविधिमैत्री सेवा विस्तार, सुशासन र वित्तीय सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने रणनीति लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij