२०८३ भाद्र ३० मंगलबार

नबिल बैंकको ४१औं वार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत नगद लाभांश पारित

ई आर्थिक    सोमबार, पौस २८ २०८२
1.6K
Shares
नबिल बैंकको ४१औं वार्षिक साधारणसभा सम्पन्न, १२.५० प्रतिशत नगद लाभांश पारित

ई-आर्थिक, काठमाडौं। नबिल बैंक लिमिटेडले आफ्नो ४१औं वार्षिक साधारणसभा सम्पन्न  गरेको छ  । बैंकको साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको हो ।

काठमाडौं त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न नबिल बैंक लिमिटेडको ४१औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको १२.५० प्रतिशत दरले कुल रु. ३ अर्ब ३८ करोड २१ लाख २४ हजार ५ सय ९१ रुपैयाँ १३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्दै लेखापरीक्षक  बि.आर.एस. न्यौपाने एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त गरेको छ।

सञ्चालक समितिको निर्णयअनुसार सरिता भट्ट अधिकारीलाई स्वतन्त्र सञ्चालकमा ४ वर्षका लागि नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ। आर्थिक वर्ष २०८१/८२ मा सामाजिक उत्तरदायित्व CSR अन्तर्गत खर्च अनुमोदन, मर्जर/एक्विजिसन तथा वैदेशिक रणनीतिक साझेदारीका लागि समिति अधिकार दिने प्रस्तावसमेत स्वीकृत भएको छ।

सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलका अनुसार, बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु. ५ अर्ब ९२ करोड खुद मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.४४% कम हो। आषाढ मसान्त २०८२ सम्मको तुलनामा निक्षेप ५ खर्ब ६६ अर्ब, कर्जा ४ खर्ब ३६ अर्ब, लगानी १ खर्ब ६६ अर्ब र खुद नाफा १ अर्ब ७६ करोड पुगेको छ।

चालू आर्थिक वर्ष २०८२/८३ मा बैंकले ‘नबिल ८% अविनोच्य असञ्चिति अग्राधिकार शेयर’ पाँच अर्ब रुपैयाँ बराबरको जारी गरी अतिरिक्त प्राथमिक पूँजी सुदृढ गरेको छ।

राजनीतिक–आर्थिक चुनौती र बजार संकुचनका बाबजुद बैंकले व्यवसाय विस्तार, डिजिटल बैंकिङ र दीर्घकालीन मूल्य सिर्जना जारी राख्दै आएको छ। बैंकले ईएसजी  वातावरणीय, सामाजिक तथा सुशासन ( ESG) र दिगो विकास लक्ष्यसमेतलाई ध्यानमा राख्दै वित्तीय सेवा विस्तार गर्दै आएको बैंकका सिइओ मनोज कुमार ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij