२०८३ साउन ९ शनिबार

साथीको भर पर्दा…

ई आर्थिक    बिहिबार, साउन १२ २०७४
6.4K
Shares
साथीको भर पर्दा…

१२ साउन, सुरुङ्गा (झापा)। आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै चिनजान गराएको र उप्रेतीको कोठा पु¥याएपछि आफूमाथि अनैतिक कार्य गरेको पीडित किशोरीको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत साउन ३ गते पीडित किशोरी परीक्षा दिन बिर्तामोड आएको समयमा उनकै साथी अञ्जनाले फुपूको छोरा भन्दै उप्रेतीसँग चिनजान गराएको र बिरामी काकीको मनमोहन अस्पतालमा उपचार भइरहेकाले सबैजना अस्पताल जाने भन्दै आफूलाई कोठामा राखेको उनको आरोप छ ।

“लामो समयसम्म खरेलले फुफू भनिएकी महिला कोठामा नआएपछि म कोठामा बस्न मानिनँ”, पीडित युवतीले भनिन्, “म कोठाबाट भाग्छु जस्तो लागेपछि उनीहरुले मलाई अस्पताल लाने बहानामा फिल्म देखाउन कृष्ण हल पु¥याएर । मैले परीक्षा छ भन्दै फिल्म हेर्न नमानेपछि उनीहरु दुवैले मलाई कोठामा लगेर बन्धक बनाएर राखे ।”

दुवैको सल्लाह बमोजिम मोबाइलसमेत खोसेर मलाई बन्धक बनाएपछि कसैलाई खबर गर्न नपाएको र ४ गते आफूले काम गर्ने संस्थाको सरको सहयोगमा इलाका प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिए पीडित किशोरीले भनिन्, “साथीले चिनाएको फुपूको छोरा राक्षस रहेछ मुस्किलले त्यो रात ज्यान जोगाए ।”

पक्राउ परेकी किशोरीले जीवन आफ्नो फुपूको छोरा नभएको अनुसन्धानका क्रममा प्रहरीलाई बताएको प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित किशोरीको उजुरीका आधारमा जीवन र अञ्जनालाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij