२०८३ असोज २ शुक्रबार

डिप्रोक्स र ईसेवाको सहकार्यमा वीरगञ्जमा डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना कार्यक्रम

ई आर्थिक    आइतबार, पौस २० २०८२
3.7K
Shares
डिप्रोक्स र ईसेवाको सहकार्यमा वीरगञ्जमा डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना कार्यक्रम

काठमाडौं ।  डिप्रोक्स र ईसेवाको आयोजनामा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका १०० जना भन्दा बढी सदस्यहरुलाई वीरगञ्ज, पर्सामा वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत ‘इएमआई’ भुक्तानी सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भयो ।

उक्त तालिमको उद्देश्य सदस्यहरुमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोवार प्रवद्र्धन गर्नु तथा ईसेवा मार्फत सहज रुपमा ‘इएमआई’  भुक्तानी गर्न सदस्यहरुलाई प्रोत्साहन गर्नु थियो । साथै, समयमै भ्ःक्ष् भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोग मार्फत वित्तीय अनुशासनलाई सु२ढ बनाउने विषयमा पनि विशेष ध्यान दिइयो ।

सदस्यहरुले डिजिटल भुक्तानी प्रणालीको प्रयोग, सुरक्षा सावधानी तथा वित्तीय व्यवस्थापन सम्बन्धी महत्वपूर्ण जानकारीले आफूहरुलाई वित्तीय व्यवस्थापनमा सकारात्मक सोच प्राप्त भएको र सोही अनुरुप डिजिटल वित्तीय सेवा प्रयोग गर्नेे प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij