२०८३ असोज २ शुक्रबार

भन्सार छलेर ल्याइएका १० विद्युतीय स्कुटर बरामद

ई आर्थिक    शुक्रबार, असोज २ २०८३
95
Shares
भन्सार छलेर ल्याइएका १० विद्युतीय स्कुटर बरामद

वीरगन्ज । भन्सार छली चोरीपैठारी गरी ल्याइएका १० वटा विद्युतीय स्कुटर प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गस्तीमा खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका स्कुटर नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बरामद गरिएका विद्युतीय स्कुटरको अनुमानित बजारमूल्य ८० लाख रुपैयाँ रहेको छ।

भन्सार छली गरी ल्याइएको आशङ्कामा नियन्त्रणमा लिइएका स्कुटर आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij