काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्रीको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्। शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित भएको थियो।
शर्मा यसअघि माओवादी लडाकु समायोजन प्रक्रियासँग सम्बन्धित समितिमा काम गरिसकेका छन्। त्यस्तै, कोभिड–१९ महामारीको समयमा सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) मा समेत उनी सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनको नियुक्ति भएसँगै अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय भएको छ।