२०८३ असोज १ बिहिबार

नेपाली बजारमा सुनचाँदीको भाउ उचाईमा, चाँदीले पनि बनायो नयाँ रेकर्ड

ई आर्थिक    बिहिबार, पौस ३ २०८२
3.1K
Shares
नेपाली बजारमा सुनचाँदीको भाउ उचाईमा, चाँदीले पनि बनायो नयाँ रेकर्ड

ई–आर्थिक, काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि गत सोमबार सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि आज बढ्दै नयाँ रेकर्ड कायम भएको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढेर ४ हजार ८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भएको थियो।

लगातार दुई दिनदेखि चाँदीले नयाँ उच्च मूल्य रेकर्ड बनाइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij