२०८३ असोज १ बिहिबार

बजार अनुगमनमा वाणिज्य विभागले बढायो सक्रियता

ई आर्थिक    सोमबार, मंसिर २९ २०८२
3.3K
Shares
बजार अनुगमनमा वाणिज्य विभागले बढायो सक्रियता

काठमाडौं।  बजार अनुमगन तथा निरीक्षणलाई तीव्र पारिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न १४ वटा उद्योग तथा फर्मको निरीक्षण गरेको छ। त्यसमध्ये दुईवटालाई कारबाहीको दायरामा ल्याइएको विभागले विज्ञप्तिमार्फत जनाएको छ।

विभागले कागेश्वरी मनोहरा-९, महानटारमा रहेको दाहाल गाई फार्मलाई विभागले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९, १ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

यसैगरी कागेश्वरी मनोहरा-९, गोठाटारमा रहेको डीएनएस काष्ठ तथा फर्निचर उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। विभागले अन्य १२ उद्योग वा फर्मलाई भने तत्काल सुधार गर्नुपर्ने केही रायसुझावसहित निर्देशन दिएको छ।

विभागले सार्वजनिक बिदाको दिनबाहेक अन्य दिन देशव्यापी रूपमा स्थानीय प्रशासनसमेतको सहयोगमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको छ। बजारमा स्वच्छता कायम राख्न, बिलबिजक जारी गराउन र कालोबजारी अन्त्यका लागि क्रियाशील भएको विभागले स्पष्ट पारेको छ।

विभागको पछिल्लो विवरणअनुसार यही मंसिर २६ गते ११ वटा उद्योग र फर्मको अनुमगन गरिएको थियो। मंसिर २५ गते २० वटा उद्योग वा फर्ममा अनुमगन गरिएको थियो। सो दिन दावा सुज एण्ड फेसन सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको थियो।

त्यसैगरी मंसिर २४ गते १३ वटा फर्ममा अनुमगन गरेको थियो। सो दिन चारवटा फर्मलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको थियो। मंसिर २३ गते १५ वटा फर्ममा अनुगमन गरिएको थियो भने मंसिर २२ गते १५ वटा फर्ममा अनुमगन गरी तीनवटा फर्मलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको थियो। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij