२०८३ भाद्र ३० मंगलबार

काँग्रेसद्वारा बीस बढी सदस्यलाई कारबाही (नाम सहित)

ई आर्थिक    सोमबार, साउन ९ २०७४
3.1K
Shares
काँग्रेसद्वारा बीस बढी सदस्यलाई कारबाही (नाम सहित)

९ साउन,  दाङ । नेपाली काँग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका बीस बढी सदस्यलाई कारबाही गरेको छ ।

जसमा विद्रोह गरी उठेका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपूबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल, गोपाल बुढाथोकी, सुरेन्द्रकुमार हमाल, भानुभक्त अधिकारी, कुम्भकुमारी अधिकारी, प्रकाश बस्नेत, गोविन्दप्रसाद शर्मा, नेकमान बस्नेत, मानबहादुर डाँगी, भीमबहादुर डाँगी रहनुभएको छ ।

त्यस्तै वडा नं ६ का चित्रबहादुर डाँगी, मंगल थापा, टेकबहादुर भण्डारी, रहनुभएको छ भने वडा नं ४ वाट धनेश्वर भण्डारीलाई कारबाही गरेको नेपाली काँग्रेस बबई गाउँपालिका संयोजक बलबहादुर बुढाले बताउनुभयो । कारबाहीमा परेकामध्ये चारजना नै चारवटा स्कुलका प्रधानाध्यापक रहेको नेपाली काँग्रेस बबई गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij