२०८३ भाद्र ३० मंगलबार

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

ई आर्थिक    बिहिबार, माघ १३ २०७३
9.6K
Shares
एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

१३ माघ, पाल्पा । छहरा गाविस–५, बाहुनटोलका किसानले रु एक करोड बराबरको सुन्तला बिक्री गरेका छन् ।

व्यावसायिक रुपमा सुन्तलाखेती गर्न थालेपछि यहाँका ४६ घरपरिवारले सुन्तलाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । सुन्तला किसानले एउटै याममा प्रतिव्यक्ती रु ५० हजारदेखि रु चार लाखको सुन्तला बिक्री गर्दै आएका स्थानीय दुर्गा कोइराला बताउनुहुन्छ ।

किसानले सुन्तला प्रतिकिलो रु ५० मा गाउँबाटै बिक्री हुन थालेको छ । “यथेष्ट आम्दानी हुन् थालेपछि युवादेखि वृद्धसम्म सुन्तलाखेती गर्न हौसिएका छन्,” अगुवा किसान यमलाल कोइरालाले भन्नुभयो । परम्परागत खेती गर्न छाडेर अहिले प्रत्येक घरपरिवारले १०० देखि ५०० सम्म सुन्तलाको बोट लगाउनुभएको छ ।

कोइरालाले ३४ वर्षदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । सुन्तलाखेतीबाटै ७६ वर्षिय कोइरालाले सुन्तलाखेती गरेरै जीवन निर्वाह गर्दै आउनुभएको छ । यस वर्ष उहाँले सुन्तला बेचेर रु तीन लाखसम्म आम्दानी गर्नुभएको छ । व्यावसायिक सुन्तलाखेती गर्न थालेसँगै यहाँका युवा विदेश पलायन हुने क्रम समेत रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij