२०८३ भाद्र २७ शनिबार

४४ थान राहदानीसहित एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

ई आर्थिक    बिहिबार, माघ १३ २०७३
5.1K
Shares
४४ थान राहदानीसहित एक चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

१३ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ थान राहदानीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार राति १० बजे ड्रागन एयरबाट हङकङ जान विमानस्थल पुगेका वइविन हि नामक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

विमानस्थलका डीआइजी गोविन्द निरौलाका अनुसार चिनियाँको हृयाण्ड ब्याग एक्सरे मेसिनमा चेक गर्दा शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा हृयाण्ड ब्यागमा ४४ थान पासपोर्ट भेटिएको हो ।

विमानस्थलका एक अधिकृतका अनुसार हिको साथबाट बरामद भएका सबै राहदानी चिनियाँ नागरिककै हुन् । प्रारम्भिक बयानमा उनले साउदी अरबको भिसा लगाउन ४४ जना चिनियाँको राहदानी बोकेर गत १८ तारिखमा काठमाडौं आएका थिए ।

चीनबाट साउदीको भिसा लगाउन गाह्रो हुने भएकाले आफू काठमाडौं आएको बताए पनि उनको साथबाट बरामद भएको एउटा पनि राहदानीमा साउदीको भिसा छैन । उनले आफू व्यवसायी भएको बताएका छन् ।

बरामद पास्पोर्टका बारेमा चिनियाँ दूतावास मार्फत विस्तृत जानकारी माग्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij