२०८३ साउन १२ मंगलबार

आरटीजीएस प्रणालीमा मल्टीपर्पस फाइनान्स लिमिटेड थपियो

ई आर्थिक    शुक्रबार, कार्तिक २८ २०८२
4K
Shares
आरटीजीएस प्रणालीमा मल्टीपर्पस फाइनान्स लिमिटेड थपियो

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीमा मल्टीपर्पस फाइनान्स लिमिटेडलाई थपेको छ ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले मल्टीपर्पस फाइनान्स लिमिटेडलाई आरटीजीएस (RTGS) प्रणालीमा आबद्ध भएको जानकारी सार्वजनिक गरेको हो।

बैंककाे सूचनाअनुसार मल्टीपर्पस फाइनान्स लिमिटेड २०८२ कार्तिक २७ गते बिहीबारदेखि आरटीजीएस प्रणालीमा “भाग लिएको संस्थाको रूपमा” औपचारिक रूपमा जोडिएको छ।

यससँगै उक्त संस्थाले ठूला रकमको भुक्तानी तथा क्लियरिङ्ग कारोबारहरू सीधे आरटीजीएसमार्फत गर्न सक्नेछ।

राष्ट्र बैंकले यस विषयमा सरोकारवाला तथा सेवाग्राही सबैलाई जानकारी गराउन सूचना प्रकाशित गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij