२०८३ असोज १ बिहिबार

सुनको मूल्य तोलामा २१ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

ई आर्थिक    बुधबार, कार्तिक २६ २०८२
1.9K
Shares
सुनको मूल्य तोलामा २१ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

ई-आर्थिक, काठमाडौं ।  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबारको कारोबारमा सुन प्रतितोला २१ सयले  रुपैयाँले सस्तो भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ। हिजो मंगलबार प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला ३ हजार १७५ रुपैयाँ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतार–चढावले नेपाली बजारमा समेत प्रभाव पारेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij