२०८३ असोज १ बिहिबार

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

ई आर्थिक    आइतबार, कार्तिक २३ २०८२
3.6K
Shares
सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा हल्का वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर २ लाख ३८ हजार ६ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार यसै सुनको मूल्य २ लाख ३८ हजार चार सय रुपैयाँ थियो।

यससँगै चाँदीको मूल्य भने आइतबार घटेको छ। गत शुक्रबार ३ हजार २० रुपैयाँ मा कारोबार भएको चाँदी आइतबार ३ हजार १५ रुपैयाँ मा झरेको महासंघले जनाएको छ।

हालको दरअनुसार सुनको मूल्यमा सानो उकाली देखिए पनि चाँदीमा ओरालो लाग्दा बजारमा मिश्र प्रतिक्रिया देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij