२०८३ भाद्र २९ सोमबार

गरिमा विकास बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने

ई आर्थिक    आइतबार, कार्तिक ९ २०८२
2.6K
Shares
गरिमा विकास बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभा (एजीएम) बाट पारित भएपछि लागू हुनेछ।

बैंकले वार्षिक साधारणसभा कात्तिक २७ गते पोखरास्थित होटल पोखरा ग्राण्डमा गर्ने निर्णय गरेको छ। साथै, साधारणसभाका लागि कात्तिक १८ गते बुक क्लोज गर्ने जनाएको छ।

यस अनुसार, कात्तिक १७ गतेसम्म सेयर खरिद गरी नेप्सेमा सूचीकृत भएका सेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

गरिमा विकास बैंकले पछिल्ला वर्षहरूमा स्थिर लाभांश वितरण गर्दै आएको छ। यस वर्षको प्रस्ताव पनि बैंकको नाफा र सेयरधनी हितलाई सन्तुलनमा राख्ने रणनीतिक निर्णयको रूपमा लिइएको बैंकका एक अधिकारीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij