ई–आर्थिक, काठमाडौं । नयाँ पुस्ता (जेन–जी) आन्दोलनको निशानामा क्रमशः सरकारी कार्यालयहरु पर्न थालेका छन् ।
आन्दोलनकारीले भैंसीपाटीस्थित मन्त्री निवासभित्र छिरेर तोडफोड र आगजानी गर्न थालेपछि मन्त्रीहरु नेपाली सेनाको हेलिकोप्टर चढेर भागेको छन् ।
नजिकै छिमेकीका घरका छतहरुबाट खिचिएको तस्विर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ ।
