२०८३ साउन १२ मंगलबार

वीरगंजमा हैजा फैलिन नदिन स्वास्थ्य र खानेपानी मन्त्रालय सक्रिय, तत्काल कार्ययोजना तय

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
4.6K
Shares
वीरगंजमा हैजा फैलिन नदिन स्वास्थ्य र खानेपानी मन्त्रालय सक्रिय, तत्काल कार्ययोजना तय

ई-आर्थिक, वीरगंज। वीरगंजमा फैलिरहेको हैजा संक्रमण नियन्त्रणका लागि आज स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र खानेपानी मन्त्री प्रदिप यादवसँग प्रत्यक्ष भेटघाट र विस्तृत छलफल सम्पन्न भएको छ।

छलफलमा कोलेरा किट तत्काल उपलब्ध गराउने, लक्षणका आधारमा संक्रमितलाई तुरुन्त उपचार दिने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने साथै आवश्यक स्वास्थ्य जनशक्ति (मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, नर्स) प्रभावित क्षेत्रमा परिचालन गर्ने विषयमा सहमति भएको हो।

साथै, हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबीच घनिष्ठ समन्वय गर्दै आवश्यक सबै कदमहरू तुरुन्त लागू गर्ने निर्णय गरिएको छ। खानेपानी मन्त्री यादवले हैजा फैलिन सक्ने पानी व्यवस्थापन र सरसफाइमा आवश्यक सुधारका कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

वीरगंज महानगरपालिकाका विभिन्न वडा र टोलमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको छ। यो अभियानमा सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको भन्दै सबैमा सावधानी अपनाउन र सहयोग गर्न आग्रह गरिएको छ।

“सावधानी अपनाऔं, हैजा नियन्त्रण गरौं” भन्ने सन्देशसहित, सरकार र स्थानीय निकायहरूले हैजा रोकथाममा जुटेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij