२०८३ साउन ११ सोमबार

नेपाल पर्वतारोहण संघमा सत्ता गठबन्धन पराजित, माओवादी–रास्वपाका अधिकांश उम्मेद्वारसहित अध्यक्ष फुर गेल्जे शेर्पा निर्वाचित

ई आर्थिक    आइतबार, भाद्र ८ २०८२
6K
Shares
नेपाल पर्वतारोहण संघमा सत्ता गठबन्धन पराजित, माओवादी–रास्वपाका अधिकांश उम्मेद्वारसहित अध्यक्ष फुर गेल्जे शेर्पा निर्वाचित

ई–आर्थिक, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को हालै सम्पन्न निर्वाचनमा फुर गेल्जे शेर्पाले अध्यक्ष पदमा विजयी हासिल गरेका छन्। सत्ता गठबन्धनका उम्मेदवार कुलबहादुर गुरुङलाई ५४ मतले पछि पार्दै शेर्पाले ३४२ मतसहित संघको नेतृत्व सम्हाल्न लागेका हुन्।

फुर नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पर्यटन व्यवसायीहरूको साझा उम्मेदवार हुन्, भने उनका प्रतिस्पर्धी गुरुङ नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरूको तर्फबाट उम्मेदवारी दिएका थिए।

निर्वाचनमा फुरको नेतृत्वमा रहेको प्यानलले प्रथम उपाध्यक्षबाहेक अन्य सबै पदमा जीत हासिल गरेको छ।

विजयी पदाधिकारीहरुः

  • वरिष्ठ उपाध्यक्ष: ईश्वरी पौडेल — ३४५ मत

  • प्रथम उपाध्यक्ष: मिङ्मा ग्याबो शेर्पा — ३५९ मत

  • द्वितीय उपाध्यक्ष: बोधराज भण्डारी — ३६८ मत

  • महासचिव: राजेन्द्रबहादुर लामा — ३१८ मत

  • सचिव: चन्दन थापा — ३५८ मत

कोषाध्यक्षमा बराबरी, कार्यकाल बाँड्ने सहमति

कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबरी ३०४–३०४ मत पाएका छन्। मत बराबर भएपछि दुबैले आधा–आधा कार्यकाल सम्हाल्ने सहमति जनाएका छन्।

निर्वाचित सदस्यहरू

  • माधवकुमार धमला — २७८

  • केदार न्यौपाने — ३०२

  • थुप्देन शेर्पा — ३२६

  • गोकुल थापा — २८८

  • मुलाल गुरुङ — ३५१

  • देण्डी शेर्पा — ३११

  • विक्रम कार्की — ३०६

  • रिञ्जे शेर्पा — ३०१

  • देवेन्द्र डंगोल — २९५

  • दिकी शेर्पा — २८८

  • निशा भोटे — ३०७

यस निर्वाचनले नेपालको पर्वतारोहण क्षेत्रको नेतृत्वमा नयाँ समीकरण र रणनीतिक साझेदारीहरूलाई उजागर गरेको छ। विजयी अध्यक्ष फुर गेल्जे शेर्पाले आगामी कार्यकालमा पर्यटन क्षेत्रको पुनरुत्थान र अन्तर्राष्ट्रिय समन्वयमा प्राथमिकता दिने बताइएको छ।

सबैको मत सहित

अध्यक्ष
– फुर्वा गेल्जे शेर्पा – ३४२ विजयी
– कुलबहादुर गुरुङ – २८८

वरिष्ठ उपाध्यक्ष
– इश्वरी पौडेल – ३४५ विजयी
– टिका गुरुङ – २५८

प्रथम उपाध्यक्ष
– मिङ्मा ग्याबो शेर्पा – ३५९ विजयी
– काजी शेर्पा – २५६

द्धितीय उपाध्यक्ष
– बोधराज भण्डारी – ३६८ विजयी
– धनबहादुर गुरुङ – २३८

महासचिव
– राजेन्द्रबहादुर लामा – ३१८ विजयी
– विमल नहर्की – २०९
– शिव सापकोटा – ६८

सचिव
– चन्दन थापा – ३५८ (विजयी)
– ङिमा दिकी शेर्पा – २४४

कोषाध्यक्ष
– ङिमा नुर्बु शेर्पा – ३०४
– सुमी लामा – ३०४
समान मत भएपछि सहमतिअनुसार आधा–आधा कार्यकाल गोलाप्रथाबाट निर्णय गर्ने

सदस्य विजयी
– माधवकुमार धमला – २७८
– केदार न्यौपाने – ३०२
– थुप्देन शेर्पा – ३२६
– गोकुल थापा – २८८
– मुलाल गुरुङ – ३५१
– देण्डी शेर्पा – ३११
– विक्रम कार्की – ३०६
– रिञ्जे शेर्पा – ३०१
– देवेन्द्र डंगोल – २९५
– दिकी शेर्पा – २८८
– निशा भोटे – ३०७

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij