२०८३ साउन १० आइतबार

आन्तरिक राजस्व कार्यालय धनगढीद्वारा दुई अर्ब ८७ करोड राजस्व संकलन

ई आर्थिक    मंगलबार, साउन ६ २०८२
2.6K
Shares
आन्तरिक राजस्व कार्यालय धनगढीद्वारा दुई अर्ब ८७ करोड राजस्व संकलन

ई-आर्थिक, कैलाली।  आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१/८२ मा दुई अर्ब ८७ करोड ७७ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। सो रकम आर्थिक वर्ष २०८०/८१ को तुलनामा सात दशमलव ४४ प्रतिशतले बढी हो।

कार्यालयले गत आवमा तीन अर्ब ५३ करोड ५८ लाख ५८ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ८१ दशमलव ३९ प्रतिशत संकलन भएको राजस्व कार्यालयका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए। गत आवको लक्ष्यबराबरको राजस्व संकलन नभए पनि अघिल्लो आवको तुलनामा बढी संकलन भएको उनले बताए।

राजस्व कार्यालयले गत आवमा आयकरअन्तर्गत साझेदारी आयकरबाट २६ करोड ७३ लाख आठ हजार रूपैयाँ, व्यक्तिगत आयकरबाट एक अर्ब २७ करोड ५९ लाख ८१ हजार रूपैयाँ, अन्तःशुल्क आयकरबाट १६ करोड ४३ लाख ९५ हजार रूपैयाँ र मूल्य अभिवृद्धि करबाट एक अर्ब ११ करोड चार लाख ४३ हजार रूपैयाँ राजस्व संकलन गरेको उनले बताए।

आव २०८०/८१ मा तीन अर्ब आठ करोड ४१ लाख ४० हजार रूपैयाँ उठाउने लक्ष्य लिएकामा दुई अर्ब ६७ करोड ८४ लाख ७५ हजार रूपैयाँ राजस्व संकलन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij