२०८३ भाद्र २७ शनिबार

ट्याङ्करबाट तेल चोरी गर्दा रङ्गेहात पक्राउ

ई आर्थिक    बुधबार, माघ १२ २०७३
3.7K
Shares
ट्याङ्करबाट तेल चोरी गर्दा रङ्गेहात पक्राउ

१२ माघ, वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम ब्रान्चको टोलीले विशेष सूचनाका आधारमा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा दुईवटा तेल ट्याङ्करसहित चालकलाई रङ्गेहात पक्राउ गरेको छ ।

भारतीय आयल निगमबाट पेट्रोल लोड गरी बारा जिल्ला परवानीपुरस्थित सत्यम् आयल निगममा चालकले पेट्रोल दिनुपर्ने वीरगन्ज आयल निगमको रेकर्ड देखिए पनि ना २ ख ३८२४ नंको तेल ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका मुर्ली निवासी शम्भु पाण्डेले सिल तोडी चोरी गरी वीरगन्ज गण्डकस्थित एक पेट्रोल पम्पमा तेल दिइरहेको बखतमा मंगलबार पक्राउ परेका हुन् ।

त्यसैगरी, ना २ ख ३८२३ नंका ट्याङ्कर चालक वीरगन्ज उपमहानगरपालिका बहुअरी–१ निवासी मुकेशकुमार कुर्मीले पनि भारतको रक्सौलबाट पेट्रोल लोड गरी बाराको बधवन पम्पमा तेल झार्नुपर्ने देखिए पनि बाराको रिजर्भ आयल निगममा चोरी गरी पेट्रोल झार्दा पर्सा प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुबाट प्रहरीले सिल लागेको सिलबन्दी तोड्ने र तेल राख्ने सामग्री पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताउनुभयो । पक्राउ परेका व्यक्तिको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij