२०८३ भाद्र ३० मंगलबार

आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न बीमा प्राधिकरणको निर्देशन

ई आर्थिक    मंगलबार, असार ३१ २०८२
2.6K
Shares
आगामी आवको कार्ययोजनासहितको विवरण पेस गर्न बीमा प्राधिकरणको निर्देशन

ई-आर्थिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीलाई एक निर्देशन दिँदै सबै विवरण उपलब्ध गराउन भनेको छ।

प्राधिकरणले आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिकलगायत कार्यालय, व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमा शुल्कका अतिरिक्त नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कलाई अनिवार्य समावेश गर्न निर्देशन दिएको हो।

प्राधिकरणले सबै जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीलाई जारी गरेको परिपत्रमा आगामी आर्थिक वर्षका लागि आफ्ना मातहतका कर्मचारी, उपशाखा/शाखा/प्रादेशिक कार्यालय र विभागलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमा शुल्कका अतिरिक्त नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कलाई अनिवार्य समावेश गर्ने गरी निर्धारण गर्न निर्देशन दिएको उल्लेख छ।

बीमकले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमा शुल्क भुक्तानी हुने बीमालेखलाई मात्र प्राथमिकता दिने गरेका गुनासाहरू आउने गरेका छन्।

यस्तै बीमक ठूलो रकमको बीमा शुल्क संकलनमा केन्द्रित हुँदा बीमाको पहुँच न्यून आय भएका वर्गसम्म पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख व्यतित तथा समर्पण हुनेलगायत समस्या देखापरेको छ।

त्यसबाट गुणस्तरीय एवं भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपिएका सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक एवं प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij