ई-आर्थिक, काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनन्त सेवा आश्रम मार्फत मूनलाईट सेकेण्डरी स्कूललाई रु १ लाख ८६ हजार बराबरको रकम छात्रवृत्ति प्रदान गरेको छ ।
मन्जुश्री फाइनान्सको तर्फ़बाट फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्रीज्युले, अनन्त सेवा आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाटज्यु तथा मूनलाईट स्कूलको प्रध्यानाध्यापक इश्वोर गुरुंङ्गज्युलाई सयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । फाइनान्सले सोहि विध्यालयमा अध्यनरत दुइ छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।
सामाजिक सेवामा अग्रसर मन्जुश्रीले २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।
मन्जुश्री ले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनी हो ।